१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तीन ठाउँमा विस्फोट

लालप्रसाद शर्मा

पोखरा — प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ का तीन मतदानस्थल नजिक बिस्फोट भएको छ । 

तीन ठाउँमा विस्फोट

पोखरा–३३ बाघमारास्थित सरस्वती टीका मावि मतदानस्थल, पोखरा–९ नयाँबजारस्थित नवप्रभात मावि र पोखरा–१६ स्थित शान्ति मावि मतदानस्थल नजिकै विस्फोट भएको हो । मतदानस्थल नजिकै विस्फोट भए पनि त्यहाँ मतदान प्रक्रिया जारी छ । विस्फोटबाट नवप्रभातको स्कुलको भित्तामा क्षति पुगेको छ । शान्ति माविको पर्खालबाहिर दुई पटकसम्म विस्फोटको आवाज सुनिएको थियो ।


कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले विस्फोट भए पनि मतदान प्रक्रियामा कुनै अवरोध नभएको बताए ।


१५ प्रतिशत मतदान


यसैबीच शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा सवा ९ बजेसम्म १२ देखि १५ प्रतिशत्सम्म मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले कुनै पनि मतदानस्थल र केन्द्रमा बिनाअवरोध मतदान भइरहेको जनाए ।

प्रकाशित : मंसिर १४, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?