१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गलकोट घुम्टे महोत्सव सुरु

(बागलुङ) — जिल्लाको पुरानो सदरमुकाम क्षेत्रको सिंगो भूगोल पहिचान गर्न बुधबारदेखि ‘दोस्रो गलकोट घुम्टे महोत्सव’ सुरु भएको छ । कुनै बेलाको चौबिसे राज्यमा पर्ने गलकोटका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको एकीकृत गुरुयोजना बनाउन महोत्सव आयोजना गरिएको घुम्टे पर्यटन विकास समितिका अध्यक्ष झंकबहादुर बस्नेतले बताए ।

गलकोट घुम्टे महोत्सव सुरु

गलकोटमा घुम्टे, कोटमैदान, निलुवा, राम्चेढुंगा, पाण्डवखानीलगायत पर्यटकीय स्थान छन् । त्यस्तै चौबिसे राज्यको बेलाको गलकोट दरबारसमेत छ । ती सबै क्षेत्रलाई सडक मार्गले जोड्ने, पर्यटक भित्र्याउने गरी विकासको मोडल बनाउने लक्ष्य महोत्सवले राखेको हो । २०६३ सालमा पहिलो पटक यहाँ महोत्सव भएको थियो । दोस्रो महोत्सवको बुधवार पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले उद्घाटन गरे । पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासका लागि संघिय, प्रदेश र स्थानीय सरकारको लगानी भित्राउन समन्वय गर्न उनले आग्रह गरे ।

प्रकाशित : मंसिर ५, २०७६ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?