कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

चितुवाको बच्चो मृत फेला 

तनहुँ — व्यास नगरपालिका–७ साखुलीमा चितुवाको बच्चो मृत अवस्थामा फेला परेको छ । साखुलीस्थित लोककल्याण सामुदायिक वन क्षेत्रमा सोमबार बिहान एउटा बच्चो मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए । 

‘अन्दाजी २ वर्षको १० केजी तौलको चितुवाको बच्चो मृत अवस्थामा भेटिएको हो,’ प्रमुख बरालले भने, ‘पेट फुटेको र घाउचोट लागेको अवस्थामा चितुवाको बच्चो फेला परेको छ । बच्चालाई भाले चितुवाले मारेको हुन सक्छ ।’ उक्त बच्चालाई डिभिजन वन कार्यालयमा ल्याएर कम्पाउन्डभित्र गाडिएको छ ।


प्रकाशित : मंसिर ३, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?