१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संघीय सांसदको बजेट : मुख्य प्राथमिकता सडक र संस्कृत विद्यालय

कान्तिपुर संवाददाता

लमजुङ — नेकपा मुख्य सचेतक देवप्रसाद गुरुङले पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ बाँडफाँड गरेका छन् । उनकै संयोजकत्वमा हुने परामर्श समितिको बैठक डाकेर छलफल गरेपछिको निर्देशक समितिको बैठकले बजेट बाँडफाँड गरेको हो ।

प्रतिनिधिसभा सदस्य गुरुङले पार्टी निकटका भवनदेखि संस्कृत विद्यालयको भवन निर्माणका लागि बजेट विनियोजन गरेका छन् । यद्यपि जिल्लाका ८ वटै स्थानीय तहमा बराबर ७३ लाख ८७ हजार ५ सय रुपैयाँका दरले बजेट विनियोजन गरेका छन् । बजेटको १ दशमलब २५ प्रतिशत अर्थात् साढे ७ लाख रुपैयाँ प्रशासन खर्चका लागि विनियोजन गरिएको परामर्श तथा निर्देशक समितिका सचिव एवं जिल्ला समन्वय अधिकारी फडिन्द्र दाहालले जानकारी दिए ।


सडक निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि सवैभन्दा बढी ३ करोड २३ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजित छ । भवन निर्माणमा १ करोड ४९ लाख ६१ हजार विनियोजन गरिएको छ । कम्तीमा १० लाखदेखि ५० लाखसम्म बजेट विनियोजित योजनामा सुन्दरबजार र बेंसीसहर नगरपालिकाका ७/७ वटामा कुनै पनि ५० लाखका योजना छैनन् । संस्कृत पढाइ हुने पाणिनी संस्कृत मावि साथै सुन्दरबजार र दूधपोखरीमा सहिद स्मृति भवन निर्माणमा बजेट विनियोजन गरिएको छ । गुरुङको संयोजकत्वमा राष्ट्रिय सभा सदस्य दीपा गुरुङ, जिल्ला समन्वय प्रमुख, उपप्रमुख, ८ वटै स्थानीय तहका प्रमुखसम्मिलित परामर्श समितिको बैठकले छलफल गरी गुरुङकै संयोजकत्वमा राष्ट्रिय सभा सदस्य सदस्य रहेको निर्देशक समितिको बैठकले बजेट विनियोजन गरेको समन्वय अधिकारी दाहालले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?