१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

कान्तिपुर संवाददाता

गोरखा — वारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापमा बुधबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
 
ग १ त ४०३७ नम्वरको ट्याक्टर दुर्घटनामा नवलपरासी रामग्राम नपा–११ का ३० वर्षीय जगदीशप्रसाद चौधरीको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । कच्ची सडककै कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

रड र सिमेन्ट लिएर वारपाक सुलिकोट गाउँपालिका–७ धारापानीतर्फ जाँदै गरेको ट्याक्टर सडकबाट सयमिटर तल खसेको ट्राफिक प्रहरी टिका शर्माले बताए । ‘साँघुरो र उकालो सडकमा ब्याक गेयरले नधानेपछि दुर्घटना भएको बुझेका छौँ,’ उनले भने ।

प्रकाशित : कार्तिक २८, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?