ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो
गोरखा — वारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापमा बुधबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
ग १ त ४०३७ नम्वरको ट्याक्टर दुर्घटनामा नवलपरासी रामग्राम नपा–११ का ३० वर्षीय जगदीशप्रसाद चौधरीको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । कच्ची सडककै कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।