विपन्नले पाए घर

कान्तिपुर संवाददाता

नवलपुर — पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगरक्षेत्रका विपन्न माझी मुसहर परिवारका लागि घर निर्माण गरि हस्तान्तरण गरेको छ । नगरको वडा ७ मा १०, वडा ११ मा ३, वडा १२ मा ४ घर र वडा १३ मा १० घर बनाइ हस्तान्तरण गरिएको नगर उपप्रमुख प्रेमशंकर मर्दनीयाले बताए । 

नगरको गैरीमा आयोजित कार्यक्रममा सबै घर एकमुष्ठ रूपमा हस्तान्तरण गरिएको हो । संघीय सांसद तिलक महतले घर हस्तान्तरण गरेका हुन । नयाँ घर पाएपछि विपन्न समुदाय खुसी भएका छन् । वर्षामा पानीको समस्या र सुख्खायाममा चर्को घाम नछेक्ने भत्किएको घरमा बस्नुपर्ने बाध्यता उनीहरूलाई हटेको छ । नेपाल सरकारको तराई मधेस समृद्धि विपन्न आवास कार्यक्रम अन्तर्गतको ५० लाख, कावासोतीको ५ लाख र १७ लाख बराबरको श्रमदान गरी कुल ७२ लाखको लागतमा घर निर्माण गरिएको हो । नगर क्षेत्रका अति विपन्नमा मुसहरलाई मानिन्छ । प्रत्येक घरमा २ कोठा छन् । टिनले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।


कावासोती नगरपालिकाले विपन्नका लागि आवास बनाउने योजना अनुरुप अघिल्लो वर्ष वडा १५ मा घर निर्माण गरी हस्तान्तरण गरेको थियो । यस वर्ष पनि केन्द्रीय सरकारसँग समन्वय गरी वडा १५ र १७ का विपन्न परिवारका लागि घर निर्माण गर्ने योजना रहेको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताइन् । नगरपालिकाले खरको छानो मुक्त नगर बनाउने योजना बनाएको जनाएको छ ।


प्रकाशित : कार्तिक २८, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?