कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्थानीय पूर्वाधार विकास कार्यक्रम : टुक्रे योजनालाई प्राथमिकता

कान्तिपुर संवाददाता

(गोरखा) — संघीय सरकारबाट विनियोजन हुने स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ का लागि आएको ६ करोड रुपैयाँको बजेट ३४ योजनामा बाँडफाँड भएको छ । चालु वर्ष साझेदारी कार्यक्रम बजेटसहित बाँडिएको हो । 

संघीय सांसद हरिराज अधिकारीको उपस्थितिमा भएको बैठकले ६ योजनामा ५०/५० लाख छुट्याएको छ । १६ भवन, १० सडक मर्मत तथा स्तरोन्नति, २ विद्यालय घेराबार, पर्यटन सूचना केन्द्र र खानेपानी योजनामा रकम छुट्याइएको छ । अधिकांश टुक्रे योजनामा १० लाख छुट्याइएको हो ।


गण्डकी गाउपालिका–२ ठुटेपिपल–पातिस्वारा–घ्याप्रीङ गाउँ–दलभञ्ज्याङ सडक, शहिद लखन गाउँपालिका ५, ६, ७ को बुंकोट–देउराली–रानीस्वारा–चिसोपानी–तिनमाने सडक, भीमसेन थापा गाउपालिकाको–६, ७, ८ स्थित अश्राङ–रिप–अमलाभञ्ज्याङ–नारायपुर–हेल्थपोस्ट सडक, आरुघाट–४ आर्खेत–थुमी–गणेश मावि–वासपुर–मालस्वाराँ सतिडाडा सडक, धार्चे– ५ र ७ को गुम्दा–पैटु–लापु सडक, गोरखा नगरपालिका–५ को गोरखा क्याम्पस–नाङलेपानी–सानोरिप–अमराइ बेनीखोला सडक स्तरोन्नतिका लागि ५०/५० लाख छुट्याइएको छ ।


चुमनुव्री गाउपालिका–२ ल्हो हेलिप्याड र हेलिप्याड जाने मुल बाटो निर्माणमा १५ लाख छुट्याइएको जिल्ला समन्वय अधिकारी यमेन्द्र उपाध्यायले बताए । चुमनुब्री–३ को बुद्घ आवासीय मावि सिर्दिवास गेट निर्माण, चुम्चेतको सिम्चेतमा सामुदायीक भवन, प्रोकमा सामुदायिक भवन, धार्चेको लाप्राकमा आमा समूह भवन, यमगाउँ महिला समूह सामुदायिक भवन, माछाखोला सामुदायिक भवन, रुन्चेत सामुदायिक भवन र सिङ्ला सामुदायिक भवन निर्माणका लागि १०/१० लाख छुट्याइएको छ ।


भीमसेन थापा गापा–५ सहिद स्मृति भवन तथा पार्क मर्मत, दलित बस्ती सामुदायिक भवन, काशीखोला भगवती मावि सडक नाला, सपुगे तालखोला सडक स्तरोन्नती, सहिद लखन गाउँपालिका–६ हिमालय युवा क्लब सामुदायिक भवन, मकैपुर भण्डारी गाउँ सामुदायिक भवन, हाडेखोला चौरमन्दिर सामुदायिक भवन, बक्रेश्वर मावि बक्राङ र जनशक्ति मावि खेल मैदान निर्माणका लागि पनि १०/१० लाख छुट्याइएको छ ।


गण्डकी गाउँपालिका–१ विजय भवानी मावि, भलायडाँडा महिला सामुदायिक भवन र बेनीगाउँ चण्डीभञ्ज्याङ युवा क्लब सामुदायिक भवन निर्माणका लागि १०/१० लाख छुट्याइएको छ । त्यसैगरी गण्डकी–५ रानीस्वारा सामुदायिक भवन निर्माण १४ लाख ६० हजार बजेट विनियोजन भएको छ । सदरमुकामको ताप्ले तल्लो कोखे खानेपानी, पर्यटन सूचना केन्द्र, नारेश्वर दलित कृषक सेवा समाज समूह भवन मर्मतका लागि पनि १०/१० लाख छुट्याइएको छ ।

प्रकाशित : कार्तिक २६, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?