नरभक्षी पोथी चितुवा नियन्त्रणमा

सम्झना रसाइली

(तनहुँ) — जिल्लाको भानु नगरपालिका १ बाट नरभक्षी एक पोथी चितुवालाई नियन्त्रणमा लिइएको छ । लामो समयदेखि आतंक मच्चाउँदै आएका चितुवा नियन्त्रणका लागि थापिएको पासोमा सोमबार पोथी चितुवा परेको हो । वनमा बनाइएको परम्परागत काठको खोरमा परेका उक्त चितुवालाई डिभिजन वन कार्यालय तनहुँका कर्मचारीले मंगलबार बिहान लगेको छ । 

चितुवालाई चितवन राष्ट्रिय चिकुञ्ज पुर्‍याइनेछ । पासोमा परेका चितुवा बालबालिकालाई आक्रमण गर्ने नै रहेको अनुमान गरिएको छ । नरभक्षी चितुवा नियन्त्रणमा लिइएपछि स्थानीय खुसी भएका छन् ।


चितुवा आतंकका कारण भानु नगरपालिकाको १, २, ३ र ४ वडाका बासिन्दा झन्डै दुई वर्षदेखि भोक न निद्राको अवस्थामा छन् । चितुवा बस्तीमा पसेर बालबालिका र पशु चौपायालाई आक्रमण गर्दै आएका थिए ।


बाख्रासहित थापिएको पासोमा यसअघि २ भाले चितुवा परेका थिए भने ३ चितुवा मृत अवस्थामा भेटिएको थियो ।

प्रकाशित : कार्तिक २६, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?