३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भरुवा बन्दुकसहित ४ युवा पक्राउ

बागलुङ

काठमाडौँ — भरुवा बन्दुकसहित यहाँका ४ युवा पक्राउ परेका छन् । प्रहरीले जाँच गर्नेक्रममा उनीहरुको साथबाट बन्दुक भेटेपछि पक्राउ गरेको हो ।

प्रहरीले काठेखोला गाउँपालिका ५ बिहुँको फुस्रेडाँडाबाट स्थानीय तिलक बिक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्तीलाई पक्राउ गरेको जनाएको छ ।


प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईका अनुसार उनीहरु हतियार बोकेर हिँडेका थिए । प्रहरी चौकी अक्षेतेबाट खटिएको टोलीले उनीहरुलाई शनिबार पक्राउ गरी जिल्ला प्रहरीमा बुझाएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान थालिएको भट्टराईले बताए ।


यसैबीच लागू औषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका १ का हिमाल थापा मगरलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको हो । उनीविरुद्ध लागूऔषध ओसारपसार मुद्दा परेको छ । पक्राउ परेका थापालाई प्रहरीले अदालत पेस गर्ने बताएको छ ।

प्रकाशित : कार्तिक २४, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?