कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

टोलैपिच्छे स्ट्रेचर

कान्तिपुर संवाददाता

(बागलुङ) — यहाँको बलेवा समाज अमेरिका र सहयात्रा फाउन्डेसनले ‘टोलटोलमा स्ट्रेचर’ अभियान चलाएको छ । 

बिरामीलाई बोकेर स्वास्थ्य संस्थामा लैजान स्टेचर सहयोग गरिएको समाजका अगुवा डिल्लीराम सुवेदीले बताए । उनीहरूले सहयोग संकलन गरेर हरेक गाउँ र टोलका लागि स्ट्रेचरको व्यवस्था गरेका हुन् । पहिलो चरणमा बागलुङ नगरपालिका–१२, १३ र १४ को अमलाचौर, पैंयुपाटा र नारायणस्थानमा सामग्री हस्तान्तरण गरिएको उनले बताए ।


सुवेदीले ३ वटा वडाका ३० बस्तीमा एक/एक स्ट्रेचर वितरण गरेका हुन् । समाजले अमेरिकाबाट १ हजार ५ सय अमेरिकी डलर संकलन गरेको थियो ।

प्रकाशित : कार्तिक २४, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?