बस पल्टिँदा ११ विद्यार्थी घाइते

नारायण शर्मा

नवलपरासी — सिट क्षमता भन्दा दोब्बर बढी यात्रु बोकेको बस पल्टिँदा ११ विद्यार्थी घाइते भएका छन् । 

बस पल्टिँदा ११ विद्यार्थी घाइते

महेन्द्रराजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको चोरमारा जंगलमा शैक्षिक भ्रमणमा विद्यार्थी बोकेर आएको बस पल्टिँदा ११ बिद्यार्थी घाइते भएका हुन् ।


एउटै बसमा विद्यार्थी र शिक्षक गरी ६० जना चढेका थिए । मुस्किलले ३६ जना बस्न मिल्ने बसमा ६० जना चढेका थिए ।

नवलपुरको शास्वतधामको भ्रमण सकेर लुम्बिनीतर्फ जाँदै गरेको ना ५ ख २३०० न को बस शुक्रबार साँझ मध्यबिन्दु नगरपालिका–१५ गडारखोलामा ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटनामा भएको थियो ।


बसमा दाङको राप्ती माबि लमहिका शिक्षक र विद्यार्थी गरी ६२ जना सवार रहेको इलाका प्रहरी कार्यालय तमसरीयाका प्रहरी नायब निरिक्षक भिमप्रसाद धितालले जानकारी दिए ।


बसमा ५३ जना विद्यार्थी, ६ जना शिक्षक, एक पियन, चालक र सहचालक थिए ।


चालक दांङका महेश घर्ती गम्भिर घाइते छन् । घाइते विद्यार्थीहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल चितवन पठाइएको र बस प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : कार्तिक २२, २०७६ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?