१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेश प्रमुख शेरचनले सम्हाले पदभार

प्रतीक्षा काफ्ले

गण्डकी — गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले बुधबार पदभार ग्रहण गरेका छन् । बुधबार नै जहाजमा पोखरा अवतरण गरेका प्रमुख शेरचनलाई पोखरा एयरर्पोटमा स्वागत गर्दै कामु मुख्यमन्त्री किरण गुरुङ्, सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुखको कार्यालयमा लगी स्वागत गरे ।

प्रदेश प्रमुख शेरचनले सम्हाले पदभार

शेरचनले पुजापाठसँगै कार्यालयमा पद वहाली गरे । प्रदेश मन्त्री, प्रदेश सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारीलगायतको समूहले फूलमालासहित स्वागत गरेको हो । ‘पर्यटकीय शहर पोखरामा स्वागत छ,’ प्रदेश प्रमुख शेरचनलाई स्वागत गर्दै कामु मुख्यमन्त्री गुरुङले भने ।


प्रमुख शेरचन श्रीमती र नेपाली सेनाको निजी अंगरक्षकसहित बुद्ध एयरमा पोखरा पुगेका हुन् । उनलाई एयरपोर्टमा नेकपाका सांसद, नेता र मेयरहरुले पनि भब्य स्वागत गरे । एयरपोर्टबाट सोझै प्रदेश प्रमुखको कार्यालय रहेको सहीद चोकमा पुगेका थिए । बुधबार ११ बजे पदभार गर्ने तयारी अनुसार १०:४५ मा आउने तयारी थियो । जहाज अवतरणमा ढिलाई भएको शेचरन १ बजेपछि मात्र पोखरा उत्रिए ।

प्रकाशित : कार्तिक २०, २०७६ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?