जिप दुर्घटनामा दुई यात्रुको मृत्यु

घनश्याम खड्का

म्याग्दी — मालिका गाउँपालिका-२ रुमको ताक्सेमा ध१ज ५९५ नम्बरको जिप दुर्घटना हुँदा सवार दुई यात्रुको घटनास्थलमा मृत्यु भएको छ ।
प्रहरी निरीक्षक ध्रुव शर्माका अनुसार शुक्रबार अनुमानित दिउँसो २ बजे दुर्घटनामा स्थानीय २२ वर्षीय सुकबहादुर विक र नाम नखुलेका अर्का यात्रुको मृत्यु भएको हो ।

जिप दुर्घटनामा दुई यात्रुको मृत्यु

घटनास्थल तर्फ इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर रामप्रसाद शर्मा समेत स्थानीयवासी परिचालित भएका छन । घटनाको थप विवरण आएको छैन ।


सीट क्षमता भन्दा दोब्बर बढी यात्रु बोकेर मालिका गापा केन्द्र दरबाङ्गबजारबाट रुम जाँदै गएको जिप उकालो कच्ची सडकमा पल्टिएको हो । प्रहरीका अनुसार जिप सडकमै पल्टेपछि छतमा बसेका यात्रु उछिट्टिएर तल रुम खोलामा पुग्दा मृत्यु भएको हो । जिप भित्रका यात्रु सामान्य घाइते छन् ।

प्रकाशित : कार्तिक १५, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?