कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

फापर थन्क्याउन भ्याइनभ्याई

मुस्ताङको मुख्ख खाद्यान्न बाली फापर असोजबाट सुरू भएर कात्तिक अन्तिमसम्म पाकिसक्छ । फापर थन्क्याएपछि मुस्ताङीहरु बारीमा गहुँ, जौ वा उवा छरेर बेंसी झर्छन् ।
घनश्याम खड्का

(म्याग्दी) — मुस्ताङको उपल्लो भेगका कृषकलाई मुख्य खाद्यान्न बाली फापर थन्क्याउन भ्याइनभ्याई छ । मध्य तथा तल्लो क्षेत्रमा फापर र मकैवाली थन्क्याउने बेला हो । 

फापर थन्क्याउन भ्याइनभ्याई

होटल व्यवसायीलाई पर्यटकको स्वागत सत्कारमा र गाउँले कृषक फापर थन्क्याउन व्यस्त छन् । मुस्ताङका मुक्तिनाथ, कागवेनी, तेताङ, चैले, छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ, सुर्खाङ र घमी क्षेत्रमा कृषकले भने फापर थन्क्याई बेंसी झर्न थालेका छन् ।


मुस्ताङको मुख्ख खाद्यान्न बाली फापर भौगोलिक अवस्थितिअनुसार मध्य असोजबाट पाक्न सुरु भई कात्तिक अन्तिमसम्म रहन्छ । फापर थन्क्याएपछि मुस्ताङीहरू बारीमा गहुँ, जौ वा उवा छरेर बेंसी झर्ने गर्छन् । उपल्लो भेगमा तिब्बती संस्कार अनुसार ज्योतिषीले जुराएको साइतमा यार्तोङ पर्व मनाएपछि मात्र बाली थन्याउन पाइन्छ । उपल्लो भेगका कृषकले फापर उठाएपछि तोरी, केराउ लगायतका दलहन एवं तेलहन बाली छरेर जाडो छल्न बेंसी झर्छन् ।


‘उँधौलीको रूपमा यार्तोङ पर्व मनाएका मुस्ताङीहरू हिजोआज मुख्य अन्नबाली फापर लगायत खेती थन्क्याउन व्यस्त छन् । जाडो बढ्ने भएकोले लाग्दो असोजसम्म बाली थन्क्याएर मुस्ताङीहरू बेंसी झर्ने गर्छन्,’ लोमन्थाङका फुङ्दो गुरुङले भने ।


फापर थन्क्याएपछि तल्लो क्षेत्रका मुस्ताङीले भने बारीमा गहुँ, जौ, उवा छरेर बेंसी झर्ने गर्छन् । अहिले झरेका मुस्ताङी म्याग्दी, पर्वत, पोखरा हुँदै भारतका विभिन्न सहरमा पुगेर व्यापारसँगै जाडोका चार महिना बिताउने गर्छन् । हिजोआज सहरका होटल/रेस्टुरेन्टमा फापरको ढिंडो र टिमुरको चट्नीको माग ह्वात्तै बढेकोले मुस्ताङी फापर महँगो मूल्यमा बिक्री भइरहेको छ । सदरमुकाम जोमसोममा फापरको पिठो प्रतिकेजी ३ सय रुपैयाँमा बिक्री हुन्छ । यही पिठो बेनी वा पोखरा पुग्दा प्रतिकेजी ५ सयमा बिक्री हुन्छ । जिल्लाको उपल्लो क्षेत्रमा उत्पादन हुने फापर कृषक आफैले उपभोग गर्ने र छुक्साङदेखि तल उत्पादन हुने करिब सबै फापर व्यापारीले खरिद गरी पिठोको रूपमा बिक्री गर्छन् ।


चौंरी र भेडाच्यांग्रा जस्ता फिरन्ते पशुपालन शैली र फापर, जौ, उवाबाहेक अन्य खाद्यान्न उत्पादन नहुने भएकोले उपल्लो भेगका मुस्ताङीको जीवन हिउँदमा थप कष्टप्रद हुन्छ । अहिले गधा र घोडाको बथान अघि लगाएर बालबच्चा सहित सयौंको संख्यामा मुस्ताङीहरू अहिले गधा र घोडासहित बालबच्चा डोर्‍याउँदै बेंसी झरिरहेका छन् ।


प्रकाशित : कार्तिक १५, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?