२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पर्यटकलाई भाइटीका

कान्तिपुर संवाददाता

पोखरा — विदेशी पर्यटकले पोखरामा बालगृहका छात्रासँग भाइटीका लगाएका छन् । पश्चिमाञ्चल होटल संघले तिहारका अवसरमा मंगलबार आयोजना गरेको भाइटीका महोत्सवमा पर्यटकले भाइटीका लगाएका हुन् । महोत्सवमा विभिन्न देशका ३० पर्यटकले भाइटीका लगाए । 

लेकसाइडको बटरफ्लाई चाइल्ड केयर सेन्टरमा भएको महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका लगाइदिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले १३औं भाइटीका महोत्सव आयोजना गरिएको होटल संघ अध्यक्ष विकल तुलाचनले बताए ।


भाइटीका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षका पर्यटकहरू दोहोरिएरसमेत टीका लगाउन पोखरा आउन थालेको महोत्सवका संयोजक दीपक श्रेष्ठले सुनाए ।

प्रकाशित : कार्तिक १४, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?