तिहारमा बढेन मादलको व्यापार

बिना थापा

कास्की — पछिल्लो समयमा देउसी भैलोमा डेक बजाएर नाचगान गर्ने चलनले मादलको बिक्री घट्दै गएको व्यवसायीले गुनासो गरेका छन् । विगतमा जस्तो मादल बिक्री हुन छाडेको पोखराको तेर्सापट्टीस्थित मादल पसलका सञ्चालक कृष्ण नेपालीले बताए । 

तिहारमा बढेन मादलको व्यापार

मादलको बिक्री सिजन भनेकै तिहार हो । तर, पछिल्लो समय आधुनिक प्रविधिका साउन्ड सिस्टम प्रयोग हुन थालेपछि मादलको चाह कम हुँदै गएको उनको भनाइ छ । ‘पहिला तिहारका बेला २ लाख रुपैयाँ माथि आम्दानी हुन्थ्यो । अन्य समयमा एक दुई गएपनि ४ जनाको परिवार पाल्न गाह्रो थिएन,’ उनले भने, ‘अहिले एक लाखको व्यापार गर्न पनि मुस्किल छ ।’ धादिङ घर भएका नेपाली १० वर्षदेखि मादल व्यवसाय गर्दै आएका छन् । अहिलेका युवायुवतीले मादल बजाउन छाडेको उनको दुःखेसो छ ।


अर्का व्यवसायी मुना बादीले पहिला जस्तो मादल धेरै बिक्री हुन छाडेको बताउँछिन् । रुकुम, रोल्पा, पाल्पालगायतका बाहिरी जिल्लाबाट किन्न आउँथे उनी सुनाउछिन् । ‘यस्तो अवस्थाले मादलै लोप हुने होकी भन्ने चिन्ता छ,’ उनले भनिन् । उनी १५ वर्षदेखि पोखरामा मादल व्यवसायमा संलग्न छिन । मादलको मुल्य २ हजारदेखि ७ हजार रुपैयाँसम्म पर्छ । पोखरामा १५ भन्दावढी मादल व्यवसायी छन् ।

हाम्रो संस्कृतिलाई जोगाउनु पर्छ भनेर आमा समुहमा छलफल भएर मादल किन्न आएको पोखरा– २९ पत्नेरीकी विजुला नेपाली बताइन् । ‘पहिले हामी पनि गीत बजाएर नाच्ने गरिन्थ्यो,’ नेपालीले भनीन्, ‘यो वर्षको तिहारमा भने मादल बजाएर नाचगान गर्ने भएका छौं ।’


पोखरा लामाचौरकी तारामाया पुनले सस्कृति हराउने डरले मादल बजाएर गित गाएर नाचगान गर्ने योजनाले मादल लिन आएको बताइन् ।

प्रकाशित : कार्तिक ९, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?