बलात्कारको आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

(गण्डकी) — बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक युवालाई पक्राउ गरेको छ ।

गत बुधबार १७ वर्षीयालाई बलात्कार गरेको पीडितका आफन्तको जाहेरीको आधारमा प्रहरीले आँधीखोला गाउँपालिका–५ का २६ वर्षीय चन्द्रबहादुर दमैलाई पक्राउ गरेको हो । प्रहरीले मंगलबार पक्राउ दमैलाई सोही दिन नै जिल्ला अदालत स्याङ्जामा ५ दिने म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।


‘दमैले विभिन्न बाहाना बनाई, ललाईफकाई, बोल्न, कराउन, चल्न नदिई करणी गरेकोले भन्ने उजुरी आयो’ उनले भने, ‘पीडितको बयान र उजुरीको आधारमा दमैलाई पक्राउ गरि जबरजस्ती करणीको मुद्दामा म्याद थप गरायौं । थप अनुसन्धान भइरहेको छ ।’ प्रकाशित : कार्तिक ६, २०७६ १३:३९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेकपा नेतामाथि चन्द समूहको आक्रमण

रासस

काठमाडौँ — बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । 


नेत्रविक्रम चन्द समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिँहमाथि आक्रमण भएको हो। आक्रमणमा परी प्रदेशसदस्य सिँहलाई बढी चोट लागेको आचार्यले जानकारी दिनुभयो। चन्द कार्यक्रताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको छ।

विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमाटीबाट लेखमसम्मको बाटोमा हिँड्न नदिएको बताइएको छ। प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ।

प्रकाशित : कार्तिक ६, २०७६ १३:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×