कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गोरखामा सि‌ंगुस भनिने सानो बारुलाले चिल्दा ६ घाइते

कान्तिपुर संवाददाता

गोरखा — पालुङटार नगरपालिका–४ स्थित अल्का चिलाउने जंगलमा गोठाला गएका ६ स्थानीयलाई सिंगुस भनिने सानो बारुलाले चिल्दा घाइते भएका छन् ।

सोमबार सिंगुसले चिल्दा घाइते भएका मध्ये चार जना स्थानीय मेडिकलमा उपचार गरी घर फर्किएका र दुई जनालाई थप उपचारका लागि भरतपुरस्थित मेडिकल कलेज रेफर गरिएको डीएसपी मित्रबन्धु शर्माले बताए ।


‘चराचुरुंगी वा कुनै वन्यजन्तुले जिस्काएपछि घटना भएको बुझेका छौँ,’ उनले भने ।


चितवन रेफर भएकाहरुको स्वास्थ्य अवस्था पनि सामान्य बनेको स्थानीयहरुले बताए । उनीहरुलाई घाँटी, हात र अनुहारमा चिलेको पनि स्थानीयले बताए ।


प्रकाशित : कार्तिक ५, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?