कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

घरघरै धारा

कान्तिपुर संवाददाता

(कास्की) — पानीका कारण दैनिक समस्या भोगिरहेका बेला लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गत घरघरै धारा बनेपछि पोखरा–१८ सराङकोट पंदेलीकी ७० वर्षीया रमा थापा दंग छिन् । ‘घरमा धारा बनिसकेको छ, अब पानी झर्न मात्र बाँकी छ,’ उनले भनिन्’, ‘टोलवासी पानीको पर्खाइमा छौं ।’

घरघरै धारा

बूढीमूल खानेपानी लिफ्टिङ आयोजनाअन्तर्गत धारा बनेपछि अब पानीका लागि खर्च हुने समयको बचत भएर अन्य काममा लगाउन पाइने भन्दै उनी खुसी भएकी हुन् । तरकारी खेती गर्न पनि सहज हुने उनको भनाइ छ ।


महानगर भएर पनि पानीको समस्या भएको अवस्थामा घरमा धारा बनाउँदा निकै खुसी र नौलो लागेको स्थानीय विनोद पँगेनीले बताए । सिमताल मुलाबारी सराङकोटका दिलबहादुर जीसीले पानीका कारण रोजगारीसमेत सिर्जना हुने विश्वास लिए । ‘धारामा अब मिटर मात्रै जोड्न बाँकी छ,’ उनले भने, ‘पानी आएपछि तरकारी व्यवसाय गर्न सकिन्छ ।’ वडाध्यक्ष रणबहादुर थापाले ३ महिनाभित्र ४ सयभन्दा बढी घरका धारामा पानी आउने बताए । पहिला बजेट अभावले योजना अघि बढ्न नसके पनि प्रदेश सरकार गठनपछि तीनवटा खानेपानीको योजना परेको उनले बताए । थापाका अनुसार स्याउदे खानेपानी योजना सकिएर ९० घर धुरीमा धारा पुगिसेकको छ । तोरीपानी बोरिङ खानेपानी योजना र बूढीमूलसमेत ३ महिनाभित्र सम्पन्न गरी एक घर एक धारा हुने बताए । स्यादे योजनाका लागि गण्डकी प्रदेश सरकारको १ करोडको लागत, तोरीपानीलाई २ करोड परेको छ । त्यसैगरी बूढीमूल खानेपानीका लागि प्रदेशबाट १ करोड ८० लाख रुपैयाँ र पोखरा महानगरको २० लाख विनियोजन गरेको छ । सराङकोटका २५ सय घरलाई दुई वर्षभित्र एक घर एक धारा बनाउने लक्ष्य रहेको थापा बताउँछन् । सराङकोटका पदेली, खड्कथर, सुन्दरपोखरी, सिमताललगायतका स्थानीयको घरका लागि तीन योजना परेको हो ।


छलफलमा सहभागीलाई विकासका लागि स्थानीयको एकता हुनुपर्नेमा प्रदेश सांसद रामजी बरालले आग्रह गरे । बजेटका कारण भइरहेको काम नरोकिनेसमेत बरालले विश्वास व्यक्त गरे । ‘दीर्घकालीन रूपमा स्थानीयलाई पानीको व्यवस्थापन गर्न अघि बढेका छौं,’ उनले भने, जसका लागि स्थानीय नै एकआपसमा मिलेर जानुपर्छ ।’


पोखरा– १८ सराङकोटमा एक घर एक धाराबारे छलफलका सहभागी । तस्बिर : विना थबापा/कान्तिपुर

प्रकाशित : कार्तिक ५, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?