२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

प्रगतिनगरमा गोली चल्यो 

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको देवचुली नगरपालिका प्रगतिनगर बजारमा शनिबार राति गोली चलेको छ । प्रगतिनगरको एक होटल अगाडि स्थानीय युवाहरुबीच भएको झगडाले उग्ररुप लिएपछि गोली चलेको हो । 

झगडा भएका अर्को पक्षलाई लक्षित गरी गोली प्रहार गरे पनि कसैलाई नलागेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए । प्रहार गरिएको गोली मोटरसाइकलको टंकीमा लागेको र घटनास्थलबाट गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न दुई जनालाई नियन्त्रणमा लिइएको र अन्य फरार रहेकाले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?