कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पोखराका पेट्रोल पम्प खतरामा

कान्तिपुर संवाददाता

कास्की — पोखराको केही पेट्रोल पम्म खतरायुक्त रहेको कास्की प्रहरीले जनाएको छ । पेट्रोल पम्प मानवबस्तीसँगै अझ घरमै रहेकाले कुनै पनि बेला ठूलो दुर्घटना निम्तिन सक्ने प्रहरीको भनाइ छ ।

पोखराका पेट्रोल पम्प खतरामा

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् । उनले भने, ‘पोखरका केही पेट्रोल पम्प पम्प नभई एकप्रकारको बमजस्तै भएका छन् । उनका अनुसार नागढुंगा, पृथ्वीचोक र नयाँबजार लगायतमा सडकसँगै जोडिका घरमा पेट्रोल पम्प छन् ।


यसले सडक पेटीमा हिँडेका यात्रु बाटो नपाएर सडकमा हिंडन बाध्य रहेको प्रहरीले जनाएको छ । दुर्घटना हुन नदिनका लागि यसबारे सम्बन्धित निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए । कतिपय पेट्रोल पम्पमा सुरक्षाका रूपमा फायर फाइटिङसमेत नराखिएको पाइएको प्रहरीले जनाएको छ ।


यसैगरी पोखराका विभिन्न शैक्षिक संस्थासँगैका पसलमा मादक पदार्थ बिक्री–वितरण गरेको पाइएकाले बिक्रीमा प्रतिबन्ध लगाएको प्रहरीले जनाएको छ । पोखरामा चल्ने ट्याक्सीले मिटरमा जान नमानेकाले कारबाही भइरहेको प्रहरीले जनायो । उनले पछिको समयमा सडकमा बसेर माग्नेको संख्या बढेकाले समस्या आएको बताए ।


माग्नेहरू जनकपुर, नेपालगञ्जबाट आएका छन् । केही भारतीय नागरिक छन् । विदेशी पर्यटकसँग पैसा मागेको पाइएकाले समस्या भएको कार्कीले बताए । उनीहरूलाई उद्धार गरी व्यवस्थापनका लागि मानव सेवा आश्रम र बाह्य जिल्लादेखि आएकालाई उनीहरूकै घर पठाइएको छ ।


कौंडाको खालबाट पक्राउ परेका तीन एनआरएनलाई नियमअनुसार चाहिएका बेला हाजिर हुनेगरी जनही ५० हजार रुपैयाँमा छाडिएको प्रहरीले स्वीकारेको छ । १५ जना पक्राउ परेकोमा १२ हिरासतमा रहेका र तीन जनालाई छाडिएको भन्दै कास्की प्रहरीको आलोचना भएको थियो । एनआरएनको निर्वाचनमा मतदान गर्न उनीहरूलाई छाडिएको थियो ।

प्रकाशित : कार्तिक २, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?