कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पर्यटकको रोजाइमा ऐना पहरा झरना

प्रताप रानामगर

(दमौली) — पृथ्वीराजमार्गको ऐना पहरामा पुग्दा सवारी साधनको ब्रेक लाग्छ । राजमार्ग छेउमा मन लोभ्याउने झरनाले राजमार्गमा यात्रा गर्ने जो कोहीको मन लोभ्याउँछ । ऐना पहरा झरना अहिले सबैको रोजाईमा परेको छ ।

पर्यटकको रोजाइमा ऐना पहरा झरना

गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीमा रहेको झरना र्हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक सवारी साधनबाट उत्रिन्छन् । सिजनमा झरना हेर्ने पर्यटकको भीड लाग्ने गरेको आबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर रानाले बताए । स्वदेशी र विदेशी गरी दैनिक २ सय देखि ४ सय जनासम्मले झरना र्हेर्ने गरेका छन् । झरनामा स्नान र फोटो खिच्ने गरेको उनले बताए ।


झरनामा पर्यटकको आकर्षण देखेर गाउँपालिकाले झरनाको पूर्वधार विकासमा लागेको छ । पूर्वाधार विकासमा करिब १० लाख रुपैयाँ खर्च गरिसकेको उनले बताए । शौचालय, पार्किङ र रेलिङ्ग बनाइएको छ । पर्यटन गुरुयोजना ऐना पहरा झरना मुख्य प्रथामितामा राख्ने उनले बताए । गुरुयोजना अनुसार ऐना पहरा झरनाको पर्यटन सम्भाव्यता अध्ययन गर्ने हो । झरनाको प्रचारप्रसार गरी पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने उनले बताए ।


झरनाले मनै लोभ्याएको आन्तरिक पर्यटक सुन्दर मुलले बताए । ‘झरना राम्रो लाग्यो,’ उनले भने, ‘मन थामेन गाडीबाट झरेर हेरियो ।’ पार्किङस्थलको साँघुरो भएकोम उनको गुनासो थियो । आबुखैरेनी बजारबाट मुग्लिनतर्फ १ किमि दुरीमा सय मिटर अग्लो झरना छ । हिउँदमा भने पानी कम हुनाले झरना ठूलो हुँदैन । तनहुँकै अग्लो महाभारत पर्वत शृखला छिम्केश्वरीको फेदीबाट बगेर आएको सिउदी खोला अन्तिम विन्दु ऐना पहरो झरना हो । गर्मी समयमा निकै चिसो र सफा पानी भएकाले पर्यटक यस झरनामा नुहाउने र शितलताको अनुभव गर्न खोज्छन् । पहरो र चट्टानी ढुंगाले झरनालाई अरुभन्दा फरक बनाएको छ ।

प्रकाशित : कार्तिक १, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?