कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

बलात्कार आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

पर्वत — चौध वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोदी गाउँपालिकाका एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार गत शनिबार किशोरीलाई भैंसीगोठमा जबरजस्ती बलात्कार गरेको अभियोगमा मोदी–५ बाजुङका प्रकाश विकलाई पक्राउ गरिएको हो । विकलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी निरीक्षक राजन रायमाझीले बताए । 

अनुसन्धानपछि आरोप प्रमाणित भए दफा ११९ को उपदफा ३ बमोजिम १२ देखि १४ वर्षसम्म कैद सजायँ हुनेछ । यसैबीच प्रहरीले लागूऔषध कारोबारको अभियोगमा जलजला–३ बगरफाँटका सुवास घर्तीलाई मंगलबार पक्राउ गरेको छ । २१ वर्षीय घर्तीले गाँजा सेवन तथा ओसारपसारको अभियोगमा पक्राउ गरिएको हो । त्यस्तै लेनदेनको मुद्दामा दोशी करार भई फरार जलजला–४ धाइरिङका कृष्ण विश्वकर्मा भनिने हिरालाल खाती पनि पक्राउ परेका छन् ।


प्रकाशित : आश्विन ३०, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?