मनकामनामा कुकुर आतंक

कान्तिपुर संवाददाता

गोरखा — शहिद लखन गाउपालिकास्थित मनकामनामा भुस्याहा कुकुर आतंक वढेको छ  । सोमबार २ भक्तजन र एक स्थानीयलाई कुकुरले टोकेको थियो  ।

गोरखाको प्रसिद्ध तीर्थस्थल मनकामना मन्दिर । तस्बिर : हरिराम उप्रेती/कान्तिपुर

कुकुरले ३ दिनमा ७ स्थानीयलाई टोकेको छ । ‘मन्दिर आसपासमै २०–३० कुकुर छन्,’ स्थानीय नरेन्द्र जोशीले भने, ‘ती मध्ये खैरो एउटा कुकुरले र्‍याल चुहाउँदै मान्छेलाई जथाभावि टोक्न थाल्यो ।’ 

कुकुर नियन्त्रणका लागी प्रहरीलाई अनुरोध गरिएको उनले बताए । केही दिनयता दिनहुँजसो कुकुरले टोकेका समस्या लिएर आउने गरेको स्थानीय मेडिकल सञ्चालक जितबहादुर क्षेत्रीले बताए ।

प्रकाशित : आश्विन २८, २०७६ ११:१८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकी विश्वविद्यालय विधेयक प्रमाणीकरण

कान्तिपुर संवाददाता

गण्डकी — गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक सोमबार प्रमाणिकरण गरेका छन्  । विधेयक असोज ८ को प्रदेशसभा बैठकले पारित गरेको थियो  ।

पारित विधेयकलाई असोज १४ मा गण्डकी प्रदेशसभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरि त्यसको सूचना प्रदेशसभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ को व्यवस्था बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

प्रकाशित : आश्विन २८, २०७६ ११:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×