१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

मनकामनामा कुकुर आतंक 

कान्तिपुर संवाददाता

गोरखा — सहीद लखन गाउँपालिकास्थित मनकामनामा भुस्याहा कुकुर आतंक बढेको छ । सोमबार मात्र दुई भक्तजन र एक स्थानीयलाई कुकुरले टोकेपछि स्थानीय त्रसित बनेका छन् ।

तीन दिनको अन्तरालमा सात जना स्थानीयलाई कुकुरले टोकेको स्थानीयहरुले बताए । ‘मन्दिर आसपासमै २०/३० वटा कुकुर छन् । ती मध्ये खैरो एउटा कुकुरले र्‍याल चुहाउँदै मान्छे जथाभावी टोक्न थाल्यो,’ स्थानीय नरेन्द्र जोशीले भने ।


कुकुर नियन्त्रणमा लिन प्रहरीलाई भनिएको उनले बताए । सोमबार बिहानैदेखि उक्त कुकुर नियन्त्रणका लागि खोजी भइरहेको छ । रेविजको आशंका गरिएको उक्त खैरो कुकुरको अन्यसँग पनि लसपस भएको हुनसक्ने स्थानीय बताउँछन् ।


‘भुस्याहा र घर पालुवा छुट्टाएर ब्यवस्थापन गर्नुपर्ने छ,’ उनले भने । स्थानीय मेडिकलमा केही दिनयता दिनदिनै कुकुरले टोकेको समस्या लिएर आउने गरेको स्थानीय मेडिकल सञ्चालक जित बहादुर क्षेत्रीले बताए ।

प्रकाशित : आश्विन २७, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?