३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पोखरामा बस दुर्घटना, २५ घाइते

दीपक परियार

पोखरा — पोखरा–३१ बेगनासमा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । बेगनासबाट पोखरा आउँदै गरेको ग १ ख ४७७१ नम्बरको बस बेगनासको पौरखे डाँडामा दुर्घटना भएको हो ।

पोखरामा बस दुर्घटना, २५ घाइते

घुम्तीमा बस पल्टिँदा दसैंमा किनमेल गर्न बजार झरिरहेका महिला तथा बालबालिका धेरै घाइते भए ।


प्रहरीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरी नजिकैको लेखनाथ सामुदायिक अस्पताल र पोखराका अन्य अस्पतालमा पुर्‍याएको छ । वडाध्यक्ष कमलबहादुर थापाले घाइतेको अवस्था खतरामुक्त रहेको बताए ।

बसका सहचालकले गाडी चलाएकाले दुर्घटना भएको स्थानीयले बताएका छन् ।

प्रकाशित : आश्विन १७, २०७६ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?