कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

घूससहित नापी सर्वेक्षक पक्राउ

लालप्रसाद शर्मा

पोखरा — नापी कार्यालय कास्कीका सर्वेक्षक सन्तोष भण्डारी सेवाग्राहीसँग घूस लिएको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

सर्वेक्षक भण्डारीलाई सेवाग्राहीको जग्गा नापजाँच तथा क्षेत्रफल छुट्टाउने काममा १० हजार रुपैयाँ घूस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको हो ।


भण्डारीलाई पोखराको बुद्धचोकस्थित एक रेस्टुरेन्टमा सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा मंगलबार राति रंगेहात नियन्त्रणमा लिइएको आयोग पोखरा कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

प्रकाशित : आश्विन १५, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?