कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुर्घटनामा बालिकाको मृत्यु 

नारायण शर्मा

नवलपरासी — दल्दले बजारमा एउटा सामान बोक्ने गाडीले किचेर बालिकाको मृत्यु भएको छ । देबचुली नगरपालिका –१३मा सोमबार दिउँसो ३ वर्षीया मनिषा महतोलाई ना ३ च ३७२१ नम्बरको गाडीले किच्दा मृत्यु भएको हो । 

दुर्घटनामा बालिकाको मृत्यु 

इलाका प्रहरी कार्यालय रजहरका अनुसार पसलमा सामान बोक्ने गाडी अघिल्तिर खेल्दै आएर लुकेकी नाबालकिालाई गाडी अगाडी बढाउनेक्रममा किचेर मृत्यु भएको हो ।


चितवनको पुरानो मेडिकल कजेलमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको हो । दुर्घटना गराउने गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


घरवाट निस्केकी बच्चा कहाँ गइन भनेर अभिभावकले ख्याल नगर्दा बच्चीको ज्यान गएको प्रहरीको दाबी छ ।

प्रकाशित : आश्विन १३, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?