कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पानीबाटै लाखौं कमाइ

बागलुङ — यतिबेला उनी सफल व्यवसायी बनेका छन् । उनी बिहान ६ बजे उठेदेखि फोनको भरमा घरघरमा खानेपानी पुर्‍याउने काममा लाग्छन् । ‘दैनिक ४ सय घरमा पुग्छु,’ गलकोट नगरपालिका–२ नरेठाँटीका ४० वर्षीय गुमानसिंह कार्कीले भने, ‘निरन्तरको कामले राम्रो कमाइ र सम्मान मिलेको छ ।’ 

पानीबाटै लाखौं कमाइ

सदरमुकामको एक खानेपानी कम्पनीको मुख्य डिलर हुन् उनी । सुरुमा ठेलागाडामा पानी राखेर नाम्लो लगाएर तान्थे । उनको ओपन हर्ट सर्जरी गरिएकाले गह्रौं काम नगर्न सुझाव दिने धेरै भए पनि सजिलो रोजगारी दिने कोही भएनन् । खानपानमा ध्यान दिएकाले कडा परिश्रमबाट समस्या नभएको उनले बताए ।


‘रातदिन काममा खट्छु,’ कार्कीले भने, ‘१० लाख रुपैयाँ ऋण तिरें । घडेरी पनि जोडिसकेको छु ।’ मासिक उनले डेढ लाख रुपैयाँभन्दा बढी कमाउँछन् । छोराछोरीलाई राम्रै विद्यालयमा पढाएका छन् ।


कार्कीले सुरुमा ५ हजार रुपैयाँको लगानी गरी पानीका जार किनेका थिए । उनको दुःख देखेर स्थानीय यज्ञवल्लभ शर्माले १० हजार सहयोग गरेपछि कार्कीले रिक्सा किने । पछि ससुरालीतिरबाट १० हजार थपियो । श्रीमतीको साथ र आफ्नो हिम्मतलाई नै उनले सफलताको श्रेय दिन्छन् । ‘बोलाएपछि तत्कालै पानी ल्याइदिन्छन्, त्यसैले उनलाई धेरैले रुचाएका छन्,’ नियमित ग्राहक भूमिश्वर गौतमले भने, ‘इमानदारी र नरिसाएर काम गरिदिने बानीले मन जितेका छन् ।’


एउटा जार बिक्री गर्दा २० रुपैयाँ कमिसन पाउँछन् । दैनिक ४ सय जार बेच्दा ८ हजार रुपैयाँ कमाइ हुन्छ । कमाइले २ गाडी र एउटा अटो मोपेट किनेका छन् । दुई जना चालक राखेका छन् । श्रीमती मीनाले मोपेट चलाउने गरेकी छन् ।


खर्चविहीन अवस्थामा कार्कीले अपरेसन गर्नुपरेको थियो । बिरामी भएपछि काठमाडौंको गंगालाल अस्पताल पुग्दा चिकित्सकले अप्रेसन गर्नुपर्छ भने । उनलाई ऋण तिर्ने चिन्ताले सताएको थियो । उनकी श्रीमती मीनाले अप्रेसन गर्न लगाइन् ।


प्रकाशित : आश्विन ६, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?