कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बसको ठक्करबाट युवकको मुत्यु, पृथ्वीराजमार्ग अवरुद्ध 

प्रताप रानामगर

दमौली — पृथ्वीराजमार्ग पर्ने तनहुँको आँबुखैरेनी बजार क्षेत्रमा बसको ठक्करबाट शनिबार एक युवकको मृत्यु भएको छ । पोखराबाट मुग्लिनतर्फ जाँदै गरेको लु १  ख ८००२ नम्बरको बसले सोही दिसाबाट आउँदै गरेको बा ९९प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका-२ घरभई आँबुखैरनी-३ प्रगतीमार्ग बस्ने २८ वर्षीय यमवहादुर थापा रहको प्रहरीले बताएको छ । दुर्घटनाबाट सख्त घाइते थापाको आाबुखैरनीकै स्थानीय छिम्केश्वरी अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । ठक्कर दिने बसका चालक फरार छन् ।


स्थानीयले चालकलाई नियन्त्रण लिई कानुनी कारवाही र क्षतिपूर्तिको माग पृथ्वीराजमार्गको आबुखैरैनी डुम्रे सडक खण्ड अवरुद्ध गरेका छन् ।

प्रकाशित : आश्विन ४, २०७६ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?