कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाबुछोराको हत्या आरोपी पक्राउ

गण्डकी — बाबुछोराको हत्या गरेको आरोपमा जिल्ला प्रहरी स्याङ्जाले हरिनास गाउँपालिका–३ ललहीका ३३ वर्षीय दीपक भन्ने दानबहादुर मल्ललाई पक्राउ गरेको छ । बिहीबार पक्राउ परेका मल्ललाई बिहीबार नै कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।

बाबुछोराको हत्या आरोपी पक्राउ

बुधबार सोही ठाउँकी अनिता खड्काले प्रहरीमा दिएको किटानीसहितको जाहेरीको आधारमा प्रहरीले मल्ललाई पक्राउ गरेको हो ।

जाहेरीको आधारमा अनुसन्धान गर्दा हत्यामा संलग्न मल्ल नै रहेको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार म्याद थप गरी थप अनुसन्धानका लागि मल्ललाई हिरासतमा राखिएको छ ।


स्याङ्जाको हरिनास गाउँपालिका–३ ललहीका ३० वर्षीय चित्रबहादुर खड्कका र उनको ४ वर्षीय छोरा रिजनको गत भदौ १७ मा विभत्स हत्या भएको थियो । प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी सुतेकै अवस्थामा उनीहरुको हत्या भएको थियो ।

यो पनि पढ्नुहोस्:

धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या

प्रकाशित : आश्विन ३, २०७६ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?