कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

गर्भवती युवती १४ दिनदेखि बेपत्ता

(म्याग्दी) — बेनी नगरपालिका–८ बेनी न्युरोडकी १९ वर्षीया गर्भवती मनीषा परियार १४ दिनदेखि बेपत्ता छिन् । 

भदौ १८ गते साँझ अन्दाजी सात बजे घरबाट निक्लेकी मनीषा त्यसयता घर/माइती र आफन्तको सम्पर्कमा छैनन् । श्रीमान शंकर परियारका अनुसार बेपत्ता मनीषा ५ महिनाकी गर्भवती हुन् । श्रीमान टीभी कोठामा रहेको र सासु बाहिर गएको मौका छोपी मोबाइल, हाते पर्स समेत घरमै छोडेर मनीषा निक्लेकी हुन् । साँझ ९ बजेसम्म घर नफर्केपछि परिवारले माइतीलाई फोन गरी मनीषा सम्पर्कविहीन भएको खबर गरेका थिए । लगत्तै दुबै घर/माइती पक्षले मनीषा बेपत्ता भएकाले खोजी गरिदिन प्रहरीमा हुलियासहित खबर गरेका थिए ।


मनीषाको हुलियासहित मातहतका निकाय परिचालन गरी खोजी गरिरहेको प्रहरीले जनाउको छ । माइती/घर पक्षले पनि सम्भावित क्षेत्रमा खोजी गरिरहेको प्रहरीको महिला तथा बालबालिका सेलले जनाएको छ ।


तीज मनाउन माइती गएकी मनीषालाई उक्त दिन आमा सिर्जना र ठूलो बुबा विकास परियारले जिल्ला अस्पताल बेनी ल्याई उपचारपछि घर पुर्‍याएर फर्केका थिए । यसअघि पनि मनीषा पटकपटक माइती जाने र माइतीले घर ल्याएर छोड्ने गरेका थिए । सकुशल फर्केको जानकारी दिन आमा सिर्जनाले साँझ छोरीको मोबाइलमा फोन गर्दा ज्वाइ शंकरले उठाई मनीषाले खाना खाँदै गरेको भनेका थिए । लगत्तै एक घन्टा नहुँदै मनीषा सम्पर्कविहीन भएको खबर गरेका थिए । ‘गर्भवती युवती बेपत्ता भएकीले परिवारसँग मिलेर खोजीमा जुटेका छौं ।


लामो समयदेखि फेला पार्न नसकिएकाले चुनौती थपिएको छ,’ प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘अनुसन्धान गर्न मनीषाको कल डिटेल झिकाएर अध्ययन गरिरहेका छौं ।’ जिल्ला प्रहरी कार्यालयको ०७५/७६ को अभिलेख अनुसार ४१ महिला, ७ बालक र ११ बालिका हराएको उजुरी परेकोमा १ महिला, ३ बालक र १ बालिका अझैं फेला परेका छैनन् ।


प्रकाशित : आश्विन ३, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?