गाउँपालिकामा धर्ना

(कास्की) — वडाध्यक्षसहित आफ्ना कार्यकर्ता पक्राउ परेको विरोधमा कांग्रेस समर्थकले बुधबार माछापुच्छ्रे गाउँपालिका कार्यालयमा धर्ना दिएका छन् । 

माछापुच्छ्रे–१ का अध्यक्ष वीरेन्द्र गुरुङसहित २ जनालाई रिहाइको माग गर्दै उनीहरूले लाहाचोकमा रहेको कार्यालयमा धर्ना दिएका हुन् । कार्यालय तोडफोड गरेको भन्दै गाउँपालिकाले किटानी जाहेरी दिएपछि मंगलबार उनीहरूलाई प्रहरीले पक्रेको थियो । वडाध्यक्ष गुरुङसहित तरुण दलका नेता टीकाराम पौडेल (विपुल) पक्राउ परेका हुन् ।


गाउँपालिका कार्यालयमा बुधबार विहानै डेढ सय बढीको संख्यामा पुगेका कांग्रेस कार्यकर्ताले कार्यालयमा ताला समेत लगाएको थिए । १० बजेपछि सुरक्षाकर्मीले ताला फोरेका थिए । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष कृष्ण दवाडीका अनुसार स्थिति तनावपूर्ण बन्दा सेवाग्राही मर्कामा परेका थिए ।


सूचना नदिएकाले भदौ २५ मा तोडफोड भएको वडा नम्बर १ का एक कांग्रेस कार्यकर्ताले बताए । उपाध्यक्ष दवाडीले भने सूचना बहाना मात्र भएको बताउँछिन् । ‘गाउँपालिका अध्यक्षका प्रत्यासी खुसीमान गुरुङ भदौको १२ गते सूचना माग्न आएका थिए । हामीले २४ गते दिएर पठायौं, २५ गते उहाँहरूले कार्यालय तोडफोड गर्नुभयो,’ उनले भनिन् ।


कास्कीमा कांग्रेसबाट विजयी बनेका पोखरा महानगरपालिकाका ३, ४, ६, ९, ११, १२ लगायतका वडाका अध्यक्ष र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई बुधबार भेटेर पक्राउ परेकाको तत्काल रिहाइको माग गरेका छन् । सेवाग्राहीलाई मर्का नपरोस् भनी तत्काल रिहाइको माग गरेको पोखरा–९ का अध्यक्ष रामराज लामिछानेले बताए ।


प्रकाशित : आश्विन २, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?