१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फरार प्रतिवादी २० वर्षपछि पक्राउ 

स्याङ्गजा — सवारी ज्यान मुद्दा खेप्दै आएका बिरुवा गाउँपालिका–१ का ५२ वर्षीय मिनबहादुर रेग्मी २० वर्षपछि पक्राउ परेका छन् । उनलाई जिल्ला अदालत धादिङले २०५६ मंसिर २६ गते ४ वर्ष ८ महिना ६ दिन कैद सजाय र ४५ सय रुपैयाँ जरिवाना तोकेको थियो । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट सादा पोसाकमा खटिएको टोलीले रेग्मीलाई सोमबार पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा हाजिर गराएको स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार अदालतमा हाजिर गराएसँगै कैद भुक्तानको लागि सोमबार नै जिल्ला कारागार चलान गरिएको छ । रेग्मी पोखरामा लुकी बस्दै आएको प्रहरीले बताएको छ ।

प्रकाशित : भाद्र ३१, २०७६ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?