कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङमा भूकम्पको धक्का महसुस

आश गुरुङ

लमजुङ — लमजुङ र आसपासका जिल्लामा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानीय डराएर घरबाहिर निस्किएका थिए ।

लमजुङमा भूकम्पको धक्का महसुस

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको दोर्दी गाउँपालिका ४, नौथर शेरा नजिकै केन्द्रबिन्दु भएर मंगलबार बिहान पराकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्युटको पराकम्प भएको केन्द्रले आफ्नो वेभसाइटमा राखेको छ ।


केन्द्रले आफ्नो वेभसाइटमा राखेको गुगल म्याप डाटा अनुसार नौथरदेखि पाचोक जाने बाटो जितौरे नजिकै किसेदीखोला आसपास केन्द्रबिन्दु देखाएको छ । नौथर शेराका गमबहादुर गुरुङका अनुसार बिहान भूकम्पको धक्का महसुस भएपछि मानिसहरु बाहिर निस्किएका थिए । उक्त क्षेत्रमा कुनै पनि मानवीय तथा भौतिक क्षति भने नभएको उनले बताए ।


लमजुङकासँगै मनाङ, गोरखा, कास्की लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।

प्रकाशित : भाद्र ३१, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?