१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

जापानमा एक नेपालीको मृत्यु

रासस

बागलुङ — रोजगारीका सिलसिलामा जापानमा रहेका एक नेपालीको उपचारका क्रममा मृत्यु भएकाे छ । गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गंगा थापाको जापानमा निधन भएको हो ।

कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली संघ जापानका सदस्य शिबु थापाले जानकारी दिए।


दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । ग‌ंगा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ गएका थिए । उनको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।


प्रकाशित : भाद्र ३१, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?