३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डेंगु प्रकोप : ३ महिनामा ५ सय ५३ बिरामी

विना थापा

कास्की — महामारीका रूपमा फैलिएको डेंगु नियन्त्रणका लागि आफैं सचेत हुनुपर्ने शुक्रबार पोखरामा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । सबै घरमा सरोकारवाला पुग्न असम्भव भन्दै उनीहरूले व्यक्ति स्वयं सचेत हुनुपर्ने बताएका हुन् ।

डेंगु प्रकोप : ३ महिनामा ५ सय ५३ बिरामी

स्वास्थ्य निर्देशनालय गण्डकीद्वारा पत्रकारका लागि आयोजित कार्यक्रममा इडीसीडीका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेल लगायतले सचेतनाबारे जनाएका हुन् ।


सबै सचेत भए आ–आफ्नो घरमा कुनै पनि भाडा वा नालामा पानी जम्न दिन नहुने उनले बताए । उनका अनुसार मान्छे सक्रिय भएका बेला लामखेुट्ट पनि सक्रिय हुन्छ । लामखुट्टेले विशेष गरी घुँडामुनि टोक्ने भएकाले यसबाट जोगिन शरीर छोपिने गरी कपडा लगाउन उनले सुझाए ।


झुल लगाउने र नरिवलको तेल र ओरमस हात खुट्टामा लगाय केही मात्रामा जोगिन सकिने उनको भनाइ थियो । लामखुट्टे ४ देखि ५ सय मिटरसम्म उड्न सक्छ । गमला घरको छतमा लैजाँदा पहिला फूल, लार्भा छकी छैन आफैं जाँच गरेर लैजानुपर्ने र लार्भा भए पानी फालेर नयाँपानी राखेर छतमा लैजानुपर्ने प्याकुरेलले बताए ।


स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राजेन्द्र घिमिरेका अनुसार डेंगु रोकथाम तथा नियन्त्रणका लागि जनसामुदायको भूमिका मुख्य हुन्छ । सचेत नभएको कारण डुेंगु बढेको उनले बताए । गत वर्ष ३ महिनामा ५ सय ५३ बिरामी भएकोमा अहिले ५ सातामै १२ सय ७३ मा डेंगु भेटिएको छ । महानगरको सबै वडामा र गाउँपालिकामा समेत देखिन थालेको छ ।


डेंगु ३० देखि ३५ वर्षको उमेरकालाई लागेको पाइन्छ । उनका अनुसार विकल्प भनेको लामखुट्टे खोन्ने र मार्ने हो । डेढ महिनाभन्दा बढी घरघर गएर अभियान चलाइए पनि पछि फर्केर जाँदा त्यही घरमा लार्भा र फूल भेटाइएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए । अरु आएर नष्ट गर्नु भन्दा आफैले भाडामा पानी जम्न नदिने, भाडामा थापेको पानि छोपेर राख्ने, पानी ३ दिनभन्दा बढी नराख्ने, टायर, गमला, र बाइकको टायरमा पानी जम्न नदिने गरे डेंगु आफै नियन्त्रणमा आउने पौडेल बताउँछन् ।


परीक्षणको किट अभाव

नवलपुर– पूर्वी नवलपरासीमा डेंगो भेटिन थालेकोमा उपचारका लागि चितवन जानुपर्ने अवस्था छ । जिल्लामा ७१ जनामा डेंगोको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ग्रामीण भेगमा भन्दा राजमार्ग जोडिएका बजार क्षेत्रमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख ख्याम केसीले बताए । ‘सबैभन्दा धेरै गैंडाकोटमा मात्र ५२ जनामा संक्रमण देखिएको छ,’ उनले भने, ‘स्थानीय तह, स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय मिलेर यसको संक्रमणबाट बच्ने उपाय र नष्ट गर्ने कार्यक्रम गरीरहेका छौं ।’


जिल्लामा डेंगो परीक्षणका लागि किट अभाव भएको छ । जिल्ला अस्पतालमा सीमित किट आएको भए पनि अधिकांश बिरामी ज्वरोले थलिएर उपचारका लागि आउँदा डेंगु परीक्षण गरिएकाले किट अभाव भएको हो । प्रदेश सरकारले पठाएको किट सकिएको तर स्थानीय तहले खरिद गरेका छैनन् ।


‘हरेक स्थानीय तहमा स्वास्थ्य चौकी छन् । सबै जनताको पहुँच जिल्ला अस्पतालसम्म आउन सक्ने हुँदैन’ मध्यविन्दु नगरपालिका–४ का रोशन चापागाईले भने, ‘स्थानीय तहले व्यानरमा डेंगु नियन्त्रण गरौं भनेर मात्र हुँदैन । किट खरिद गरेर परीक्षणमा पनि सघाउनु पर्छ ।’

प्रकाशित : भाद्र २८, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?