भीर छिचोल्दै सडक

गाई–बाख्रा चराउन जाँदा पनि दिउँसै डराउनुपर्ने भीरमा गाडी गुडेको देख्दा स्थानीयबासीले खुसीयाली मनाए
प्रतीक्षा काफ्ले

गण्डकी — हेर्दै डर लाग्ने भीर । पैदल मार्ग पनि बनाउन नसकिनेजस्तो । त्यसैले त भीर खनेर मोटरबाटो लैजाने स्थानीयलाई आँट आएन । जिल्लास्तरीय नेताले पनि संभव देखेनन । मोटरबाटो नआउनेजस्तो भएपछि स्थानीय बसाई सर्न थाले । 

भीर छिचोल्दै सडक

गाउँ रित्तिदै गयो । विरामी हुदाँ, सरसामान किन्नुपर्दा वा अन्य कामको लागी हिडेर बजार झर्नुपर्ने अवस्था रहेको स्थानीय रामचन्द्र पौडेल बताउँछन् । भन्छन, ‘महिला केटाकेटी मात्र होइन हामी छोरा मान्छे स्वंम हिड्दा पनि डर लाग्थ्यो ।’


स्याङ्जाको फेदीखोला गाउँपालिकाले गलेम भीर हुँदै मोटरेबाटो लैजाने निर्णय गर्‍यो । सुरुमा त गाउँलेले पत्याएनन । सर्केटारी–गलेम–पञ्चासे सडकखण्ड विस्तार गर्ने योजनाअनुरुप बहुबर्षिय योजनाअन्तर्गत डीपीआर बनाएर निर्माणको कार्य अगाडि बढ्यो । यही डरलाग्ने भीर हुदै बुधवारदेखि गाडी गुड्न थालेपछि भने स्थानीय दंग परेका छन ।


पौडेलले भीरको बाटो यसरी गाडी चल्छन् भनेर सपनामासमेत नसोचेको बताउँछन । भन्छन, ‘इच्छाशक्ती भएपछि भीरपहरामा पनि जीप गुड्दा रैछन ।’ उनीलगायत सबै गाउँले सडकका कारण खुशी छन । सडकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ्ले उद्घाटन गरे । ७ किलोमिटर लम्बाईको सडकमा भीरमात्रै एक किलोमिटर थियो ।


भीरको सडकले २२ सय जनसंख्या गरी ५ हजार स्थानीय लाभान्वित हुने छन । साथै प्रसिद्ध पर्यटकीयस्थल पंचासे जाने पर्यटकसमेत लाभान्वित हुने गापा अध्यक्ष घनश्याम सुवेदीले बताए । गलेम, खामो हाले, राँपु, टुटेलगायतका वडा ४ का गाउँ लाभान्वित भएका छन ।


पर्यटकीय तथा कृषिमा सम्भावना बोकेको भए पनि गाउँमा सुविधाजनक गोरेटो  बाटोसमेत नहुँदा आफू लगायत कर्यौ घरधुरी अन्यत्रै बसाँईसराँई गर्नुपरेको उनको भनाई छ । ६० वर्षका यामबहादुर गुरुङ भन्छन्, ‘अति विकट गलेममा सडक पुर्‍याउने भन्दै बजेट विनियोजन भए पनि सदुपयोग भएको थिएन ।


अहिले भने सडक बनेर गाडी पनि गुड्दा निकै खुशी लागेको छ ।’ सोच्नै नसक्ने गरि घरदैलोमा जीप आइपुग्दा नौलो अनुभव भएको उनले बताए । यति छिटो सडक सडक बन्ने भन्ने नसोचेंका उनले अहिले भने अन्धकारबाट उज्यालो युगमा आए जस्तो महसुश भएको जनाए ।


गाईबाख्रा चराउन जाँदा दिउँसै डराउनु पर्ने अवस्थाको भिरमा गाडी गुडेको देख्दा ७७ वर्षकी हिमादेवी पाध्या पौ डेलले विकासको  अनुभुति गरिन । ‘गाउँबाटै मोटर चढ्ने योजना यो उमेरमा आएर पुरा भयो’ उनले भनिन । सर्केटारी–गलेम–पञ्चासे सडकका लागि १ करोड ६८ लाख रुपैयाँ बिनियोजित भएकोमा १ कर ो ड २७ लाख खर्च भएको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।


योजनामा संघीय सांसद नारायण मरासिनीको  सांसद क्षे त्र विकास कोषअर्न्तगत ४० लाख, गण्डकी प्रदेशबाट ६२ लाख र  फेदीखो ला गाउँपालिकाले  २५ लाख रुपैया बजेट विनियोजन भएको थियो । सडक उपभोक्ता समितिका अध्यक्ष मेजर डिलबहादुर गुरुङ्ले स्थानीयको  चासो  र  सहयोग, गाउँपालिकाको  सक्रियता र  पहलका कारण दुर्गमलाई सुगममा परिणत गर्न सफल भएको बताए ।


बुधबार बाटोको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङ्ले बर्षौदेखी हुन नसकेका विकासका गतिविधिलाई तीव्रता दिन संघीयता आवश्यक रहेको बताए ।

प्रकाशित : भाद्र २७, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?