जनताले कम्युनिस्टको विकल्प खोज्यो : पौडेल

प्रताप रानामगर

दमौली — नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिस्टको विकल्प खोजेको बताएका छन । राष्ट्रिय जागरण अभियानका अवसरमा नेपाली कांग्रेस तनहुँले आयोजना गरेको कार्यक्रमलाई सम्बन्धोन गर्दै उनले जनताले कम्युनिस्टको सरकारबाट जनता सन्तुष्ट हुन नसकेको उनले आरोप लगाए ।

जनताले कम्युनिस्टको विकल्प खोज्यो : पौडेल

‘दुई तिहाईको कम्युनिस्ट सरकारबाट जनता खुसी हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले जनताले कम्युनिस्टको विकल्प खोजेको छ ।’


उनले कम्युनिस्टको विकल्प कांग्रेस भएको बताउँदै असन्तुष्ट जनतालाई कांग्रेस प्रति आकर्षित गर्न सक्नुपर्ने जनाए । 'जनताको माग कांग्रेसले सम्बोन्धन गर्न सक्नुपर्छ । कांग्रेसलाई कस्तो बनाउने हो ? त्यो कांग्रेसले बुझ्न सक्नुपर्छ,' उनले भने ।


कांग्रसेलाई नयाँ प्रेरणाको स्रोतको रुपमा उभ्याउन सक्नुपर्ने उनको धारणा छ । नेपालमा कांग्रेस र कम्युनिस्ट बाहेक अन्य शक्ति नभएको र कम्युनिस्टको विकल्प नै कांग्रेस नै भएको उनको जिकिर छ ।


‘कांग्रेसले बीपीको मर्म बुझ्न सकेन,’ उनले भने, ‘त्यसैले कांग्रेसको यो हालत भयो ।’ पार्टी कांग्रेसको बीपीको सिद्धान्त र आर्दशलाई बुझेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । बीपी जनताको शासनका पक्षमा रहेपनि कम्युनिस्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाए ।


निमुखलाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त हो ।गाउँ-गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्ने उनले जोड दिए । बीपीको सिद्धान्तलाई अनुशरण गर्न सके जनता र देशको विकास हुने उनले बताए ।


प्रकाशित : भाद्र २५, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?