विधेयक नहुँदा प्रदेशसभा बैठक अनिश्चित

प्रतीक्षा काफ्ले

गण्डकी — निर्धारित बिहीबारको गण्डकी प्रदेशसभा बैठक अनिश्चित समयका लागि स्थगित भयो । आगामी बैठक कहिले हुन्छ भन्ने प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरेको छैन । यस्तो प्रक्रिया पटक–पटक दोहोरिएको छ । 

विधेयक नहुँदा प्रदेशसभा बैठक अनिश्चित

बैठकमा छलफल गर्ने विषयवस्तु नहुँदा स्थगित गर्नुपरेको सभामुख नेत्रनाथ अधिकारी बताउँछन । यसअघि भदौ ५ मा बैठक भएको थियो । जेठ १५ देखि सुरु वर्षे अधिवेशनमा हालसम्म ३५ बैठक सम्पन्न भएका छन् । विभिन्न मितिमा गरि चार पटकसम्म सुचना टाँसेर बैठक स्थगित गरिएको हो ।


प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक स्थगित गरिएको सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले बताए । प्रदेशसभा अन्तर्गत विधायन समितिमा गण्डकी विश्वविद्यालय सम्बन्धी विधेयकमाथि छलफल चलिरहेको छ । दफावार छलफलको लागि विज्ञहरूको टोली बोलाइएको थियो ।


सभामुख अधिकारी भन्छन्, ‘वैठकमा पेश गर्ने कुनै एजेण्डा छैन् । सामान्य छलफलको लागि पनि सरकारले कुनै विधेयक ल्याएको छैन् ।’ सरकारले नियमित बिजनेस नदिदाँसम्म सभा स्थगित भइरहने उनले बताए । विधायन समितिमा छलफल भइरहेका बिधेयक प्रदेशसभामा आए भने पनि बैठक संचालन हुने उनको भनाइ छ ।


सभामा पेश गर्ने हाललाई एउटाबाहेक अन्य विधेयक नभएकाले र गण्डकी विश्वविद्यालयको विधेयक तयार नभइसकेकाले वैठकमा छलफल गर्ने विषयवस्तु नभएको अधिकारी बताउँछन । विश्वविद्यालय विधेयकको वारेमा समितिले सरोकारवाला निकाय, बिज्ञ, सरकारका प्रतिनिधीसंग ४ पटकसम्म छलफल अगाडि बढाएको छ ।


यस्को कार्यक्षेत्र फराकिलो भएकोले विभिन्न चरणमा छलफल गरिएता पनि निस्कर्ष ननिस्केको समितिका सभापति मोहन रेग्मीले बताए । उनका अनुसार अहिले विधायन समितिमा ३ विधेयक छन् । प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ सगै गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र संचालन गर्न वनेको विधेयक २०७६ रहेका छन् ।


तीन विधेयकमध्ये सचिवालय संचालन सम्बन्धि प्रावधिक कुरामा दलहरूबीच सहमती नहुदा प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक एक वर्षदेखी समितिमै रोकिएको छ । यसैगरी यातायात सम्बन्धी बिधयेक संघको कारण रोकिएको रेग्मीले जानकारी बताए । संघले यातायात विधेयक वनाई नसकेका कारण प्रदेशले पहिले बनाए बाँझिन सक्ने र पुन संसोधन गर्नुपर्ने समस्या आउने देखेर समितिमै राखिएको उनको भनाई छ ।

प्रकाशित : भाद्र २२, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?