ढोरपाटनको अतिक्रमण हटाइँदै

बागलुङ — ढोरपाटन सिकार आरक्षले वर्षौंदेखि अतिक्रमणमा परेको जग्गा फिर्ता गराउन पहल थालेको छ । आरक्ष कार्यालय, नेपाली सेना, प्रहरी र जनप्रतिनिधि मिलेर जग्गा फर्काउन लागेका हुन् ।

२०४६ यता आरक्षमा २ सय ३७ हेक्टर जमिन अतिक्रमणमा परिसकेको छ । आरक्षको वार्षिक लक्ष्य र रणनीतिक योजनाअन्तर्गत जग्गा फर्काउन काम थालिएको प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले बताइन् । पटकपटक सूचना प्रकाशित गरेर जग्गा छाड्न भनिए पनि बेवास्ता भएकाले हटाउन लागिएको उनको भनाइ छ ।


आरक्ष बागलुङ, म्याग्दी र रुकुम गरी १ हजार ३ सय २५ वर्ग किमिमा फैलिएको छ । बागलुङ र म्याग्दी खण्डमा बढी अतिक्रमण छ । स्थानीयले हरेक वर्ष आरक्षको जग्गामा खेतीपाती गर्नुका साथै घेराबार लगाई आफ्नो घरबारीमा मिलाउने गरेका छन् । चालू वर्ष साउन र भदौमा ४१ हेक्टर जमिन फिर्ता गराइएको सापकोटाले बताइन् ।

प्रकाशित : भाद्र २२, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?