२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कच्ची सडकमा घामको भर

गोरखा — दुई घण्टामा पुगिने पाल्खु । बिहान १० बजे झिँगटेबाट गाडी चढेकी बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकी कमलकुमारी आले मगर दिउँसो ३ बजेसम्म बीच बाटोमै अलपत्र परिन् । गन्तव्यमा पुगिने, नपुगिने निश्चित भएन ।

‘हिँडेर जाउँ सामान र बालबच्चा । हिलोमा फसेको गाडी उत्रिएला कि आशा गरौँ,’ उनले भनिन्, ‘ड्राइभरले पनि गाडी उकाल्न प्रयास गर्दै छन्, घाम चर्को लागेर बाटो सुके गाडी चलिहाल्न पनि सक्छ ।’ उनीजस्तै ५० बढी यात्रु दिनभर हिलोमा फसेको गाडी उत्रिने आशमै दिन बिताए । गाउँपालिकाको वडा ७ स्थित देउरालीको गैरीछापको सडक हिलाम्मे भएपछि बर्खाको समयमा दिनहुँजसो यात्रुले सास्ती भोगेका छन् । यात्रु आफैं गाडी धकेल्दै फसेको गाडी उतार्दै यात्रा गर्न बाध्य छन् ।


‘घ्याम्पेसाल–पाल्खु सडकको ३/४ ठाउँमा दिनहु जसो गाडी फस्छ, पानी परेको दुई चार दिन यो वाटो नहिँड्दा वेस,’ उनले भनिन्, ‘गेग्रान मिसिएको माटोमा पानी परेका वेला गाडी गड्छ, आकाश हेरेर घाम लागेको वेला वाटो सुक्योकी अनुमान लगाएर हिँड्ने गरेका छौँ ।’ बर्खा लागेसँगै पाल्खु कटेर सौरपानी यात्रुवाहक वस जान नसकेको स्थानीयले बताए । साना सवारीलाई समेत कच्चि सडकमा जान नसकेको स्थानीय बताउँछन् । ‘वुढावुढी मान्छे हिँड्न सक्दैनन, बस नकुरी सुख पनि छैन,’ उनले भनिन्, ‘सामान वोकाएर ल्याउन भन्दा गाडीमा ल्याउदा सस्तो पर्छ ।’


जिल्लामा सडकमै अधिक बजेट खर्च हुने गरेको छ । आवुखैरेनी–गोरखा, लुइटेलभञ्ज्याङ–भच्चेक, गोरखा–घ्याम्पेशाल र वारपाक वाह्रकिलो सडकको १० किलोमिटर वाहेक अन्य सवै सडक कच्चि छन् । कालोपत्रे भएको गोरखा–फिनाम र १२ किलो मसानेपाटी सडकमा पनि सवारी चल्न मुस्कील छ । कालोपत्रे ठाउँ–ठाउँमा भत्किएको छ । सडक विचमा खाल्डो परेको छ । नाली पुरिदा पानी सडकबाट बग्छ ।


‘पक्कि सडक नै फेरि कालोपत्रे गर्ने अवस्था भइसक्यो,’ फिनामका सुर्य नेपालीलले भने, ‘आहाले नजिकैको पक्कि सडकमा ठुलो खाल्डो परेर पानी जमेको छ, ठुला सवारी भन्दा सानालाई जोखिम छ ।’ नियमनकारी निकाय यसमा मौन बसेको उनको आरोप छ । १२ किलो छेवेटार सडक पुन मर्मत गर्न ठेक्का लगाएर काम भइरहेको ११ किलो छेवेटार भालुस्वारा सडक कार्यालयले जनाएको छ ।


वारपाक–लाप्राक–गुम्दा, सोती–माछाखोला सडकमा गत असारबाटै सवारी चलेका छैनन् । राङरुङदेखि वारपाकसम्म पनि मुस्कीलले साना सवारी चलेको लाप्राकका जीतमान गुरुङले बताए । ‘वारपाकदेखि लाप्राकसम्म गाडी चल्न सक्ने अवस्था छैन, सडक पहिरीएको छ,’ उनले भने, ‘चामल नून तेल सकिए वोकरै ल्याउनुपर्छ ।’


चाडवाड नजिकएकाले ग्रामीण सडक मर्मत गरी सवारीलाई सहज आवतजावत गराउने वातावरण वनाउन स्थानीयले माग गर्दै आएका छन् । बर्खा लागेसँगै सवारी आउजाउमा समस्या हुँदा भूकम्पले भत्काएको घर निर्माण सामग्री ढुवानीमा समेत प्रभावित हुँदै आएको छ ।


प्राय कच्ची सडकमा वर्खा लागेसँगै सवारी चलाउन मुस्किल हुने गरेको दरौदी यातायात सेवा कम्पनीका कार्यालय प्रमुख एकराज उपाध्याययले बताए ।

प्रकाशित : भाद्र २१, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?