कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आक्रमण गरी रकम लुटियो

(म्याग्दी) — समूहमा बचत संकलन गरी फर्कने क्रममा मालिका गाउँपालिका–२ रुममा एक महिला कर्मचारीलाई आक्रमण गरी बिहीबार रकम लुटपाट गरिएको छ ।

नेस्डो नेपाल लघुवित्त कम्पनीकी मालिकाको दरवाङ कार्यालयमा कार्यरत कर्मचारी सुस्मा क्षेत्रीलाई अज्ञात समूहले आक्रमण गरी १ लाख २० हजार नगद लुटेर फरार भएका हुन् ।


अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते क्षेत्रीलाई उपचारका लागि हेलिकोप्टरबाट पोखरास्थित मणीपाल शिक्षण अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । क्षेत्रीको घाँटी र टाउकोमा गहिरो चोट लागेको छ । दरवाङस्थित प्राथमिक श्वास्थ्य केन्द्रमा उपचारपछि पोखरा रिफर गरिएको हो ।


‘एउटा गाउँबाट समूहमा गरिएको लगानी र बचत संकलन गरी फर्केने समयमा अज्ञात समूहले आक्रमण गरी रकम लुटेका छन्’ जिल्ला प्रहरी प्रमुख महेन्द्र मरासिनीले भने, ‘दुई वटा टोली घटनास्थलमा परिचालन गरेका छौं । गाउँबाट केही शंकास्पद व्यक्ति फरार भएकोले छिट्टै अपराधी पत्ता लाग्ने विश्वास छ ।’


प्रकाशित : भाद्र २०, २०७६ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?