२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अपहरणमा परेका खड्काको २८ घण्टापछि उद्धार

गोरखा — अपहरणमा परेका भिमसेन थापा गाउँपालिका-६ अश्राङका २४ वर्षीय जीवन खड्कालाई प्रहरीले रौतहटबाट उद्धार गरेको छ । 
इँट्टाको पैसा नदिएको भन्दै रौतहट गरुडाका व्यापारी राजिव पण्डित कुहारले खड्कालाई २८ घण्टासम्म बन्धक बनाएका थिए ।

‘लेनदेनको विषय रहेछ, भाइलाई नियन्त्रणमा लिएर दाइसँग सात लाख रुपैयाँ मागेको सूचना आयो,’ गोरखाका एसपी ओम अधिकारीले भने, ‘सूचना पाएलगतै रौतहट प्रहरीसँग कोअर्डिनेसन गरेर उद्धार गर्‍यौँ ।’


खड्कालाई बाख्राको खोर भित्र बन्धक बनाइ बाहिरबाट साँचो लगाइ राखेको अवस्थामा उद्धार गरिएको रौतहटस्थित इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी तुलसी अर्यालले बताए । खड्कालाई बिहीबार परिवारको जिम्मा लगाइएको छ ।

अपहरण गर्ने पण्डितलाई पनि पक्राउ गरी अपहरण, शरिर बन्धकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए । ‘पक्राउ गरेका पण्डितले पैसा दिनु छ भन्छन्, खड्काले पैसा दिन छैन भन्छन्,’ उनले भने, ‘हामी अनुसन्धान गर्दैछौं ।’ दुवै इँट्टा कारोबारी हुन् ।


प्रकाशित : भाद्र २०, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?