तालमा डुबेर एकको मृत्यु

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको कावासोतीस्थित टरुवा तालमा पौडी खेल्दा एक युवकको डुबेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ स्थित तालमा पौडी खेल्न गएका स्थानीय ४० वर्षीय इन्द्रबहादुर थनेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

तालमा डुबेर एकको मृत्यु

बिहीबार राति गर्मी भएको भन्दै पोखरीमा नुहाउन गएका उनको चिप्लिएर मृत्यु भएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।


उनी ४ जना गाउँलेसहित अत्यधिक गर्मी भएको भन्दै राति ११ बजे पौडिन गएका थिए । तालबाट ननिस्केपछि सँगै गएकाहरुले खोजतलास गरेका थिए । उनीहरुले डुबेको भेटिएपछि उद्धार गर्दागर्दै मृत्यु भएको बताएका छन् ।


प्रहरीले स्थानीय कालिगण्डकी अस्पतालमा लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए । कावासोती नगरपालिका–७ टरुवामा स्थानीयले संरक्षण गर्दै आएको ताल छ । गर्मीमा त्यहाँ मूलको चिसो पानी हुने भएकाले आसपासका बासिन्दा नुहाउन जाने गर्छन् ।

प्रकाशित : भाद्र २०, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?