कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हत्या आरोपी सदरमुकाम ल्याउन हेलिकप्टर चार्टर

हरिराम उप्रेती

गोरखा — हत्या आरोपमा पक्राउ परेका चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित साम्दोका निमा दोर्जे लामालाई प्रहरीले हेलिकप्टर चार्टर गरेर सदरमुकाम ल्याएको छ । मंगलबार सामान्य विवादमा कुटपिट गर्दा सोही ठाउँका ६८ वर्षीय तेन्जेन दोर्जे लामाको मृत्यु भएको थियो ।

पक्राउ परेका निमालाई आरुघाटसम्म ल्याउन हेलिकप्टर चार्टर गरिएको एसपी ओम अधिकारीले बताबए । ‘साम्दोबाट गोरखा सदरमुकाम आइपुग्न सात दिन लाग्दोरहेछ,’ उनले भने, ‘हाम्रै पहलमा हेलिकप्टर चार्टर गरेर सदरमुकाम ल्याइपुर्‍याएका छौँ ।’


विकट भुगोलका कारण शव र आरोपितलाई हेलिकप्टरबाट ल्याइएको उनले बताए । पोस्टमार्टम गरी शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ‘गुम्बा निर्माणको बालुवा चोर भनेपछि निमाले तेन्जेनलाई पिटेछन्,’ उनले भने ।


पटक–पटक बालुवा चोरीको आरोप लगाएपछि आफूले तेन्जेङलाई कुटपिट गरेको निमाले प्रारम्भिक बयानमा स्वीकारेको पनि प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका तेन्जेङको मंगलबार साझ नै मृत्यु भएको थियो ।


बिहीबार गोरखा अदालतबाट म्याद लिएर ज्यान मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १९, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?