२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

वन फडानी आरोपमा अध्यक्ष र सचिव नै पक्राउ

नारायण शर्मा

(नवलपरासी) — ताल्देवी सामुदायिक वनमा हरिया रुख फडानीमा संलग्नताको आरोपमा वन अध्यक्ष र सचिव पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका ५ मा पर्ने ताल्देवी वनमा ८४ वटा हरिया रुख काटिएको ५० दिनपछि डिभिजन वन कार्यालयले अध्यक्ष दीपक जिसी र सचिव रनबहादुर झेडीं मगरलाई पक्राउ गरेको हो ।

वन फडानी आरोपमा अध्यक्ष र सचिव नै पक्राउ

डिभिजन वन कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकृत कृष्ण देवकोटाका अनुसार उनीहरुलाई जिल्ला अदालतवाट १० म्याद थपेर अनुसन्धान सुरु भएको छ ।


वन क्षेत्रको खकरा गाउँ जाने बाटोको दायाँबायाँ वन पदाधिकारी र डिभिजन वन कार्यालयका कर्मचारीको मिलोमतोमा रुख कटान भएको समाचार प्रकाशन भएको थियो । खकरा गाउँका सचिव झेंडी रुख ढालिएको क्षेत्रबाट दैनिक आउजाउ गर्थे । उनी हुलाक कार्यालयका कर्मचारी पनि हुन् । वन फडानीबारे जानकारी नगराएकाले उनीमाथि मिलेमतोको आरोप गाउँलेले लगाएका छन् । वन फडानीमा कारबाहीमा पर्ने त्रासले खकरावासी हरेक दिन उज्यालो हुनासाथ गाउँ छोड्ने र राति फर्कने गर्छन् । त्यहाँ ३ घर दलित समुदाय र अरु सबै मगर समुदायको बासोवास छ । खकरा गाउँमा ३८ घर छन् । उक्त वनका करिब ३ हजार क्यूफिट हरिया सालका रुख काटिएको प्रारम्भिक अनुमान छ ।

४ सय हेक्टर क्षेत्रफल रहेको ताल्देवी सामुदायिक वनले हरेक वर्ष कार्ययोजना बनाएर ढलेका रुख आवश्यकताअनुसार बिक्री बितरण र उपयोग गर्न पाउँछन् । तर, हरिया रुख नै ढालिएपछि वन कर्मचारीको संलग्नताको आरोप स्थानीयको आशंका छ ।


पकट पटक गाउँमा पुग्दा कोही फेला नपर्ने कारण अनुसन्धान गर्न कठिनाई भएको अनुसन्धान अधिकृत कूलचन्द्र दवाडीको दाबी छ ।

प्रकाशित : भाद्र १९, २०७६ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?