लाखाैं ठगेर भारतीय व्यापारी फरार 

विना थापा

कास्की — पोखरा ८ चालिसेचोकस्थित यादव किराना स्टोरका सञ्चालक भारतीय नागरिक दिपक यादव कराडौं ठगी गरेर बुधबार फरार भएका छन् । 

लाखाैं ठगेर भारतीय व्यापारी फरार 

भारतीय नागरिक यादवले पोखरामा आएर बसेका विभिन्न व्यक्तिहरुसँग १ लाखमाथिको रकम लिएर परिवारसहित फरार भएका हुन् ।


उनले घरमालिक विजय पौडेललाई ७ महिना अघि कैलाश बैंकबाट साँची राखेर ६ लाख रुपैया झिकेको र घर भाडा ६ लाख गरि १२ लाख खाएर भागेको पौडलले बताए । ‘हामी माथिल्लो तलामा बसेकोले राति कतिबेला गयो थाहा भएन’ उनले भने । धेरैको पैसा खाएको रहेछ बिहानदेखि पीडितहरु यादवलाई खोज्न आएका छन् ।’


सिटीजन सहकारीबाट सञ्चालक यादवले चालक राजेन्द्रकुमार श्रेष्ठलाई साँची राखेर ८ लाख रुपैयाँ झिकेको श्रेष्ठले बताए । यसैगरी अर्का चालक प्रविन परियारलाई समेत परिचय बचत सहकारी संस्थाबाट ७ लाख रुपैयाँ पैसा निकाल्दा साँची राखिएको छ । एकवर्षदेखि गाडी चलाउँदै आएका चालक परियालाई तलब नै नदिएको बताए ।


एकसाता अघि ११ लाख रुपैया सापट दिएको पोखरा ८ सिमलचौरका राजेन्द्र गौतमले बताए । घरमालिक पौडेलले बैदाम प्रहरी र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भने पनि उनीहरु जानकार नभएको बताउँछन् ।


पसल बन्द गरेर फरार भएको जानकारी पाएपछि पसलमा आफ्नो पैसा खोज्नेको ओइरो लाग्न थालेको छ । उनी पहिला ३ वर्ष बसेर बीचमा भाडा तिर्न नसकेर अन्त गएर बसेको र पछि पुनः १ वर्षदेखि आफ्नाे घरमा बस्दै आएको पौडेलले बताए ।

प्रकाशित : भाद्र १९, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?