३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पत्रकार पक्राउको विरोधमा प्रधानमन्त्रीलाई संविधान उपहार !

प्रकाश बराल

(बागलुङ) — पत्रकार ओम हमाललाई पक्राउ गरिएको विरोधमा प्रधानमन्त्रीलाई संविधान उपहार पठाइएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले बुधबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीमार्फत संविधान उपहार पठाएको हो । 

पत्रकार पक्राउको विरोधमा प्रधानमन्त्रीलाई संविधान उपहार !

सर्वोच्च अदालतले रिहा गरेलगत्तै पक्राउ गरिएको भन्दै पत्रकारहरुले हमालको बिना सर्त रिहाईको माग गरेका थिए । ज्ञापन पत्रमार्फत विचार, आस्थाकै आधारमा पक्राउ गर्न नपाइने उल्लेख गरिएको छ । ‘नियमित र मूलधारको पत्रकारिता गरिरहेको व्यक्तिलाई विचार र आस्थाको आधारमा पक्राउ गर्न पाइँदैन’ महासंघका अध्यक्ष दिल शिरिषले भने, ‘अभिव्यक्ति स्वतन्त्रता र मौलिक हक प्रयोग विरुद्धको ज्यादती भएकोले विरोध गर्नु परेको हो ।’ संविधान सांकेतिक विरोधको शैली भएको उनले बताए ।


पत्रकारितामा लामो समयदेखि भ्रष्ट्राचारविरुद्ध र सुशासन स्थापनाका लागि हमाल कार्यरत रहेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरेर सञ्चार क्षेत्रमा आतंक मच्चाएको समेत आरोप लगाइएको छ ।

प्रकाशित : भाद्र १८, २०७६ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?